एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातबाट निधन
पाेखरा | फागुन २८, २०८२
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भइरहेका बेला उनलाई अचानक हृदयघात भएको थियो ।
कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा थापाले आफ्नो मन्तव्य राखिरहेका थिए । उनले करिब १० मिनेट सम्बोधन गरेपछि अचानक मञ्चमै ढलेका थिए । घटनालगत्तै उनलाई उपचार लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।
घटनाबारे एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिएका छन् । 'पार्टी बैठकमा बोल्दाबोल्दै थापा अचानक ढलेपछि तत्काल अस्पताल पुर्याइएको थियो', बरालले भने । उनले थापाको उपचारकै क्रममा निधन भएको बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

