एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातबाट निधन

पाेखरा | फागुन २८, २०८२

एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातबाट निधन

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भइरहेका बेला उनलाई अचानक हृदयघात भएको थियो ।

 

कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा  बैठकमा थापाले आफ्नो मन्तव्य राखिरहेका थिए । उनले करिब १० मिनेट सम्बोधन गरेपछि अचानक मञ्चमै ढलेका थिए । घटनालगत्तै उनलाई उपचार लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

 

घटनाबारे एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिएका छन् । 'पार्टी बैठकमा बोल्दाबोल्दै थापा अचानक ढलेपछि तत्काल अस्पताल पुर्याइएको थियो', बरालले भने । उनले थापाको उपचारकै क्रममा निधन भएको बताए । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्